सुदूरपश्चिम


धनगढी उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८३ करोडको बजेट

धनगढी उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८३ करोडको बजेट

नेपालखबर
असार १०, २०७९ शुक्रबार १७:४१, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ।

शुक्रबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख कन्दकला रानाले आगामी वर्षका लागि एक अर्ब ८३ करोड ८९ लाख २४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।

जसमा चालुतर्फ एक अर्ब तीन करोड १९ लाख ७० हजार र पुँजीगत खर्चतर्फ ८० करोड ६९ लाख ५४ हजार बजेट विनियोजन गरिएको छ। 

उपमहानगरपालिकाले आन्तरिक आय २६ करोड ७९ लाख, राजश्व बाँडफाँडबाट प्राप्त हुने ४७ करोड २९ लाख, संघीय सरकारबाट अन्तर सरकार वित्तिय हस्तान्तरण हुने ९६ करोड ४८ लाख, प्रदेश सरकारबाट अन्तर सरकार वित्तीय हस्तान्तरण ३५ करोड ३४ लाख र चालु वर्षबाट १० करोड बचत हुने स्रोतबाट खर्च व्यहोर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटमा खर्चको भारलाई घटाउने रणनीति अपनाउने भएको छ। 

‘करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चको भार घटाउने व्यवस्था मिलाइएको छ’ बजेट वक्तव्यमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad