चिनिया धर्मगुरु सहितको टोलीले लुम्बिनी भ्रमण गरेको छ।
इन्टरनेश्नल बुद्धिष्ट सेन्टरको नेतृत्वमा चिनका धर्मगुरु छ्याङ पिङसहितको ४० जनाको टोलीले शुक्रबार लुम्बिनी भ्रमण गरेका हुन्।
टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई सदस्य सचिव सानुराजा शाक्य लगायतले शान्तिदीपमा स्वागत गरेका थिए।
कोषका पदाधीकारीबाट टोलीले बुद्धजन्मस्थलको पुरातात्विक महत्व र ऐतिहासिक प्रमाणबारे जानकारी दिएका थिए साथै उनीहरुले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेका थिए।
भिक्षुहरुले समेत बुुद्धजन्मस्थल आएका चिनियाँ धर्म गुुरु सहितको तीर्थयात्रीहरुको स्वागत गर्दै बन्दना गरेका थिए । इन्टरनेश्नल बुद्धिष्ट सेन्टरले कपिलबस्तुमा विश्वकै अग्लो बुद्धको प्रतिमा बनाउने अभियान अन्तर्गत टोलीले लुम्बिनी भ्रमण गरेको हो।
चैत ४, २०७९, शनिबार
प्रतिक्रिया