ad ad

खेल


फाइनल खेल सुरु भएसँगै मेस्सीका नाममा अर्को कीर्तिमान

फाइनल खेल सुरु भएसँगै मेस्सीका नाममा अर्को कीर्तिमान

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०७९ आइतबार २०:४५, काठमाडौँ

विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध मैदानमा उत्रिएसँगै अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लियोनल मेस्सीले अर्को कीर्तिमान बनाएका छन्।

मेस्सीका नाममा विश्वकप फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान लेखिएको हो।

लुसैल स्टेडियममा सुरु भएको खेलमा मैदान टेक्नेबित्तिकै मेस्सी सर्वाधिक विश्वकप खेल्ने पहिलो खेलाडी हुन्।

मेस्सीले विश्वकपमा २६ औँ खेल खेलिरहेका छन्। यसअघि सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेलेका मेस्सीले जर्मनीका लोथार मथाउसको २५ खेलको कीर्तिमान बराबरी गरेका थिए। 

पाँचौ विश्वकप खेलिरहेका मेस्सीले दोस्रो पटक विश्वकपको फाइनल खेलिरहेका छन्। लगातार पाँच विश्वकप खेल्ने मेस्सी छैटौँ खेलाडी हुन्। 

यसअघि एन्टोनियो कार्बजल, लोथर मथाउस, राफ मार्केज, एन्डेस गार्डाडो र क्रिस्टियानो रोनाल्डोले पाँच विश्वकप खेलेका छन्।

पाँच विश्वकप खेलेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २२ खेल मात्रै खेले। यो विश्वकप मेस्सी र रोनाल्डोका लागि नै अन्तिम हुने बताइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .