क्यामरुनका गोलरक्षक आन्द्रे ओनाना तत्कालका लागि विश्वकपको टोलीबाट बाहिरिएका छन्। क्यामरुन फुटबल संघले सोमबार एक विज्ञप्ती जारी गर्दै ओनानालाई अनुशासनको कारवाही गर्दै टोली बाहिर राखिएको जनाएको हो।
क्लबले सोमबार मध्यराति जारी गरेको विज्ञप्तीमा भनिएको छ, टोलीका मुख्य प्रशिक्षक रिगोवर्ट सङ बाहानागको निर्णयको सम्मान गर्छौ। उनलाई अनुशासनको कारवाही गर्दै अस्थायी रुपमा टोली बाहिर राखिएको संघले जनाएको छ।
समुह चरण अन्तर्गत ब्राजिलसँगको खेलमा उनी उपस्थित हुने नहुने बारेमा अहिले नै निर्णय नगरेको संघले जनाएको छ।
सर्वियासँगको खेलअघि टोलीको व्यवस्थापकसँग उनको असहमती भएपछि उनी क्यामरुनी टोलीबाट बाहिरिएका थिए। उनी तत्काल घर फर्कने बताएपनि टोलीसँग नै रहेका छन्।
288
Shares
प्रतिक्रिया