मेक्सीकोविरुद्ध अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको छ। खेलको ८७ मिनेटमा एन्जो फर्नान्डेजको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको हो।
त्यसअघि कप्तान लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। मेस्सीको पासमा उनले गोल गरेका हुन्।
खेलकको ६४ औँ मिनेटमा मेस्सीले गोल गरे। करिब ३० यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षकले बचाउने कुनै मौका पाएनन्। पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै गोल गरेको हो।
जारी विश्वकपमा मेस्सीको यो दोस्रो गोल हो। यसअघि उनले साउदी अरेबिया विरुद्ध पेनाल्टीमा गोल गरेका थिए।
मेस्सीले राष्ट्रिय टोलीका लागि ९३ औँ गोल गरेका हुन्।
189
Shares
प्रतिक्रिया