ad ad

खेल


मोरक्कोलाई बेल्जियम रोक्ने चुनौती

मोरक्कोलाई बेल्जियम रोक्ने चुनौती

नेपालखबर
मंसिर ११, २०७९ आइतबार ८:२५, काठमाडौँ

पहिलो खेलमा साविक विजेता क्रोयसियासँग अंक खोसेको मोरक्कोले आज बलियो बेल्जियमको सामना गर्दै छ। बेल्जियमले पहिलो खेलमा क्यानडामाथि कठिन जित दर्ता गरेको थियो। 

आज मोरक्कोलाई पराजित गर्दै लगातार समूह चरण पार गर्ने दाउमा बेल्जियम छ। २०१८ को विश्वकपमा बेल्जियम सेमिफाइनलसम्म पुगेको थियो। सधैं उपाधिमा बलियो दाबेदार मानिने बेल्जियमले उपाधि जित्न भने सकेको छैन। 

फिफा बरियतामा बेल्जियम सधैं अगाडी रहन्छ। फिफा बरियतामा अहिले बेल्जियम दोस्रो र मोरक्को २२ औं स्थानमा छन्। 

उसले २००६ र २०१० का विश्वकप गुमाएको थियो। त्यतिबेला छनौट हुन नसकेको बेल्जियम २०१४ मा क्वार्टरफाइनलसम्म पुगेको थियो। १९९८ पछि लगातार विश्वकप गुमाएको मोरक्को २०१८ को विश्व्कपमा फर्किएको हो। 

मोरक्को ५ औं पटक विश्वकपमा सहभागी भएको हो। १९८६ मा मात्रै समूह चरण पार गर्न सकेको मोरक्को बाँकी विश्वकपमा भने समूह चरणबाटै घर फर्किएको छ। उ यस पटक पुनः समूह चरण पार गर्न चाहन्छ। तर त्यसका लागि बेल्जियमलाई रोक्नैपर्छ। यहि समूहका क्रोयसिया र क्यानडा ९ः४५ बजे भिड्ने छन्।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .