स्टार फरवर्ड रिचार्लिसनको निर्णायक गोलमा ब्राजिलले कतार विश्वकपमा सुखद सुरुवात गरेको छ।
लुसैल स्टेडियममा बिहिबार मध्यराति भएको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले सर्वियालाई २–० गोल अन्तरले पराजित गरेको हो।
ब्राजिलको जितमा रिचार्लिसन नायक बने। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो। खेलको ६२ औँ मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।
ब्राजिलले पहिलो हाफमा भन्दा दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको थियो। रिचार्लिसनले खेलको ७३ औँ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
पाँचौ पटक उपाधि जित्ने होडमा रहेको ब्राजिलका लागि पहिलो हाफ कठिन बन्यो। पहिलो हाफमा गोलका लागि अवसरहरु सृजना गरेपनि सर्वियाको रक्षा पंक्ती तोड्न ब्राजिललाई कठिन भएको थियो।
समूह जी मा तुलनात्मक रुपमा कमजोर टोली मानिएको सर्वियालाई पराजित गर्न ब्राजिलका लागि केही कठिन बन्यो। उपाधि होडलाई बलियो बनाउने हो भने ब्राजिललाई आजको खेलको प्रदर्शनले पुग्ने वाला छैन।
समूह जी मा स्वीटजरल्याण्ड र क्यामरुन छन्। यो समुहको पहिलो खेलमा स्वीटजरल्याण्डले क्यामरुनलाई १–० ले पराजित गर्दै ३ अंक बनाएको छ।
Shares
प्रतिक्रिया