ad ad

खेल


इक्वेडरलाई २–० को अग्रता

इक्वेडरलाई २–० को अग्रता

नेपालखबर
मंसिर ४, २०७९ आइतबार २२:१९, काठमाडौँ

इक्वेडरका कप्तान इनर भ्यालेन्सियको दुई गोलमा फिफा विश्वकपको उद्घाटन खेलको पहिलो हाफमा घरेलु टोलीविरुद्ध इक्वेडरले अग्रता बनाएको छ। 

अल बेत रंगशालामा जारी खेलको पहिलो हाफमा इक्वेडरले घरेलु टोलीविरुद्ध २–० को अग्रता बनाएको हो। 

खेलको १६ औँ मिनेटमा इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। कतारका अल शहिबले फउल गरेपछी इक्वेडरले पेनाल्टी पाएको थियो।

भ्यालेन्सियाले विश्वकपमा चार गोल गरेका छन्। उनले ४ गोल गरेका छन्। 

त्यसअघि खेलको तेस्रो मिनेटमा नै इक्वेडरका लागि इनर भ्यालेन्सियाले गोल गरेपनि भिडियो असिस्टेन्ड रेफ्रि (भीएआर) को मद्दतमा रेफ्रीले अफसाइड दिएका थिए।

खेलको ३१ औँ मिनेटमा कप्तान भ्यालेन्सियाले व्यक्तीगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .