ad ad

खेल


चोटका बाबजुद क्यानडाको विश्वकप टोलीमा समेटिए अल्फोन्सो डेभिस

चोटका बाबजुद क्यानडाको विश्वकप टोलीमा समेटिए अल्फोन्सो डेभिस

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार ११:४०, काठमाडौँ

बार्यन म्युनिखका अल्फोन्सो डेभिस चोटको बाबजुद पनि क्यानडाको विश्वकप टोलीमा परेका छन्। 

बार्यनका डेभिस क्लबमा डिफेन्डरको रुपमा खेले पनि राष्ट्रिय टोलीमा फरवार्डको भुमिका निर्वाह गर्छन्। पछिल्लो समय उनी ह्यामस्ट्रिङको समस्याबाट बाहिर थिए। 

विश्वकप खेल्ने सूचीमा क्लब ब्रुग्सका फरवार्ड साइल लारिन, नटिङ्घम फरेस्टका डिफेन्डर रिची लारिया र फरवार्ड जुनियर होइलेट पनि विश्वकप खेल्ने सूचीमा परेका छन्। 

समुह एफ मा रहेको क्यानडाले समूह चरणमा बेल्जियम, मोरक्को र क्रोएसियासँग खेल्नेछ। क्यानडाको पहिलो खेल नोभेम्बर २३ मा मोरक्कोसँग हुनेछ।

क्यानडाको टोली 
गोलकिपरः मिलन बोर्जन (रेड स्टार बेलग्रेड), जेम्स पेन्टेमिस (सीएफ मोन्ट्रियल), डेने सेन्ट क्लेयर (मिनेसोटा युनाइटेड)

डिफेन्डरः साम अडेकुग्बे (हटायस्पोर), डेरेक कर्नेलियस (भ्यानकुभर ह्वाइटक्याप्स– प्यानेटोलिकोस), एलिस्टेयर जोनस्टन (सीएफ मोन्ट्रियल), रिची लारिया (नोटिङ्घम फरेस्ट), कमल मिलर (सीएफ मोन्ट्रियल), स्टिभन भिटोरिया (चाभ्स), जोएल वाटरम्यान (सीएफ मोन्ट्रियल)

मिडफिल्डरः  स्टीफन युस्टाक्वियो (एफसी पोर्टो), लियाम फ्रेजर (डेन्जे), एटिबा हचिन्सन (बेसिकटास), मार्क(एन्थोनी काए (टोरन्टो एफसी), इस्माइल कोने (सीएफ मोन्ट्रियल), जोनाथन ओसोरियो (टोरन्टो एफसी), स्यामुएल पिएटे (सीएफ मोन्ट्रियल), डेभिड वोदरस्पून (सेन्ट जोनस्टोन)

फरवार्डः ताजोन बुकानन (क्लब ब्रुग्स), लुकास काभालिनी (भ्यानकुभर ह्वाइटक्याप्स), जोनाथन डेभिड (लिले), अल्फोन्सो डेभिस (बायर्न म्युनिख), जुनियर होइलेट (रिडिङ), साइले लारिन (क्लब ब्रुग्स), लियाम मिलर (एफसी बासेल), इके उग्बो (ट्रोयस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .