ad ad

खेल


पेरिस ओलम्पिकः स्यान्टु र प्रिन्सको खेल आज

पेरिस ओलम्पिकः स्यान्टु र प्रिन्सको खेल आज

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८१ शनिबार ८:५१, काठमाडौँ

पेरिस अ‍ोलम्पिक २०२४ मा आज शनिबार नेपालका टेबल टेनिस र ब्याडमिन्टन स्टारद्वय स्यान्टु श्रेष्ठ र प्रिन्स दाहालले स्पर्धा गर्दैछन्।

छनोट चरण पार गरेर अ‍ोलम्पिकका लागि छनोट भएका स्यान्टुले सेनेगलका इब्राहिमा डियासँग खेल्ने तालिका छ।

सन् १९६४ देखि ओलम्पिकमा सहभागिता जनाउन सुरु गरेको नेपालका लागि छनोट चरण पार गरेर खेल्ने स्यान्टु तेस्रो खेलाडी हुन्। टेबल टेनिसका लागि भने उनी पहिलो खेलाडी हुन्। 

यसअघि तेक्वान्दोकी संगिना वैद्यले सन् २००४ को एथेन्स ओलम्पिकमा र  दिपक विष्टले २००८ को बेजिङ ओलम्पिकमा छनोट चरण पार गर्दै सहभागिता जनाएका थिए। 

ब्याडमिन्टनको समूह पीमा रहेका प्रिन्सले पहिलो खेलमा विश्व वरीयताको दोस्रो स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सनसँग खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .