कतार विश्वकप अर्को महिनाको पहिलो हप्तादेखि सुरु हुँदै छ। यो विश्वकपमा ३२ देशका टोलीले प्रतिस्पर्धा गर्दै छन्।
विश्वकप संघारमा आइपुग्दा सहभागी देशहरुले धमाधम टोली घोषणा गरिरहेका छन्। फुटबल संसारकै लोकप्रिय खेल भएकाले पनि विश्वकपलाई खेल क्षेत्रकै महाकुम्भका रुपमा लिइन्छ।
यही सन्दर्भमा हामीले विगतका विश्वकपमा भएका रोमाञ्चक प्रतिस्पर्धा र जितबारे एजेन्सीहरुको सहयोगमा खोजी गरेका छौँ।
पहिलो विश्वकप, चर्चित फुटबल खेलाडी पेलेलगायतले विश्वकपमा देखाएको खेलकौशल साँच्चै सम्झनालायक थियो। तीमध्ये केही यहाँ प्रस्तुत गरिएको छ–
फिफा विश्वकप १९३०, फाइनल– उरुग्वे ४–२ अर्जेन्टिना
अम्स्टरडम र पेरिसमा भएका अघिल्ला दुई ओलम्पिक फुटबल प्रतियोगितामा झण्डै २० लाख जनसंख्या भएको चम्किलो उरुग्वेले नाटकीय रुपमा उपाधि जितेकै थियो।
सबैभन्दा पहिलो विश्वकपको आयोजकको रुपमा त झन् उसले सबै प्रतिस्पर्धीको यात्रा खर्च उदार भएर व्यहोर्यो।
यद्यपि धेरैजसो मुख्य युरोपेली देशले उक्त प्रतिस्पर्धा बहिष्कार गरेका थिए, उरुग्वेले भने त्यही बेला पहिलो विश्वकप जितेको थियो। यसलाई ओलम्पिकमा उरुग्वे बलियो रहेको रुपमा लिइएको थियो।
त्यतिबेला पेरेग्रिनो आन्सेल्मोजस्ता चम्किलो नयाँ सेन्टर फरवार्ड उरुग्वेसँग थियो। यद्यपि उनी फाइनलमा चोटका कारण मोन्टेभिडियो (उरुग्वे राजधानी)बाहिर थिए। प्रतिस्पर्धी अर्जेन्टिनाले रिभर प्लेटमा खेल्ने बाटो बनाएको थियो। फाइनल शान्तिपूर्ण सम्पन्न भयो।
फाइनल खेल चलिरहेको थियो।
आधा खेलसम्म भर्खरै बनेको नयाँ स्टेडियममा अर्जेन्टिना २–१ ले अघि थियो। उरुग्वेले अर्जेन्टिनाका लागि कार्लोस पिसिलीले बराबरी र युवा सेन्टर फरवार्ड गुइलेर्मो स्टेबाइलले अग्रता लिनु अघिसम्म १२औँ मिनेटमा पाब्लो डोराडोको गोलसँगै सुरुवाती अग्रता बनाएको थियो।
तर दोस्रो हाफमा उरुग्वेका पेड्रो सियासँगै युवा खेलाडी सान्तोष इरियार्टेले उसलाई ३–२ ले अग्रता दिलाए। त्योसँगै अन्तिममा हेक्टर क्यास्ट्रोले अर्को गोल थप्दा उरुग्वे ४–२ ले अगाडि हुँदै उपाधि जित्न सफल रह्यो।
फिफा विश्वकप १९३८, पहिलो राउन्ड (स्टार्सबर्ग)– ब्राजिल ६–५ पोल्यान्ड
ब्राजिलसँग लियोनिडासजस्ता त्यस्ता चर्चित खेलाडी थिए जसले विश्वकप जिताउन सक्थे।
उनले स्टार्सबर्गको मेइनाउ स्टेडियममा भएको पहिलो राउन्डमा ११ गोल गरेका थिए। त्यो खेल ९० मिनेटसम्म ४–४ ले बराबरी भएको थियो।
अतिरिक्त समयमा लियोनिडासले दुई गोल थपे र पोल्यान्डको तर्फबाट अर्नेस्ट विलिमोस्कीले १ गोल फर्काए तर ऊ प्रतियोगिताबाट बाहिरिन पुग्यो। विलिमोस्कीले खेलमा ४ गोल गरेका थिए।
यता ब्राजिल भने त्यतिबेलाको चेकोस्लोभाकियालाई क्वार्टरफाइनलमा २–१ ले हराएको थियो। फाइनलमा चाहिन्छ भनेर सेमिफाइनलमा उसले इटालीविरुद्धको खेलमा लियोनिडासलाई आराम दिएको थियो। तर दक्षिण अमेरिकी देशले सोचेजस्तो कहिल्यै भएन र स्टार स्ट्राइकरले आफ्नो टोली १–२ ले हारेको हेर्नुप¥यो।
सन् १९३८ को संस्करण सिधै नक आउट हुने फरम्याटको अन्तिम विश्वकप थियो। यसअनुसार ९० मिनेटसम्म बराबरी हुँदा ३० मिनेट अतिरिक्त समय र यदि त्यो समयमा पनि जित नभए दुई टोलीले फेरि खेल्नुपर्ने नियम थियो।
फिफा विश्वकप १९५०, फाइनल (रियो दि जेनेरियो) – उरुग्वे २–१ ब्राजिल
यो विश्वकप फाइनल आधिकारिक रुपमा थिएन किनकि यसमा सबै राउन्डलाई सानो समूहमा बाँडिएको थियो।
अघिल्ला दुई समूह चरणका खेलमा रियो दि जेनेरियोको माराकानामा उसले १३ गोल गरेको थियो। त्यो पनि २ लाख दर्शकका सामुन्ने। उसलाई एउटा बराबरी भए उपाधि जित्न पर्याप्त थियो।
तर उरुग्वेले राम्रो खेल पस्कियो। जुआन स्किफिनोको गोलसँगै उरुग्वेले खेल १–१ को बराबरीमा ल्यायो। त्यसका लागि राइट विंग अल्सिडेस गिगियाको क्रसमा गोल सम्भव भएको थियो।
तर जुलियो पेरेज जाली नछोएसम्म बलसँगै थिए। उनकै मद्दतमा गिगियाले विशाल भीडसामु उरुग्वेको टोलीलाई विजयी गराए। यसलाई खेलको इतिहासमा विपक्षीलाई हदै निराश पार्ने खेलका रुपमा लिइन्छ।
फिफा विश्वकप १९५८, फाइनल (स्टकहोम) – ब्राजिल ५–२ स्विडेन
यो विश्वकपचाहिँ सबैलाई अचम्म बनाउने १७ वर्षे पेलेको देवत्वकरण थियो। सेमिफाइनलमै उनले ह्याट्रिक गरिसकेका थिए। जुन फ्रान्सविरुद्ध थियो।
यसको फाइनलमा स्विडेनका योर्कशाइर मेनेजर जर्ज रेनरले यदि ब्राजिलले चाँडै गोल खायो भने उनीहरु आत्तिनेछन् भन्ने भविष्यवाणी गरेका थिए। उनीहरुले गरे पनि गरेनन् पनि। निल्स लिधोल्मले स्विडेनलाई अग्रता दिलाए। तर ब्राजिलका चर्चित गारिन्चाले स्विडनेको लेफ्ट साइड डिफेन्स ध्वस्त पारे। भाभाका लागि दुई सजिला गोल उपलब्ध गराए।
त्यसपछि ब्राजिलले खेलमा धावा बोल्न थाल्यो। दोस्रो हाफको १० मिनेटपछि पेलेले खतरनाक गोल गरिदिए। डिफेन्डरहरुले घेरिएका उनले बल टाउकोसम्म उठाएर तिघ्रामा बाउन्स गर्दै गोल गरेका थिए।
जाल्मा र निल्टन सान्तोषजस्ता डिफेन्डरहरुले स्विडेनका विंगरहरु ह्यामरिन र स्कोग्लन्डलाई प्रभावशून्य पार्दा ब्राजिलको प्रभुत्व देखियो। मिडफिल्डमा जितो र दिदीले आफ्नो प्रभाव छोडेको ब्राजिलियन टोली ४–२–४ को फरमेसनमा थियो।
‘साम्बा, साम्बा!’ ब्राजिलका फ्यानहरु चिच्याउँदै खेल हेरिरहेका थिए। त्यतिकैमा जागालोले विपक्षी दुई खेलाडीलाई बिट गर्दै चौथो गोल गरे।
यता स्विडेनका लागि लाइधोल्मले साइमनसनको चलाखीपूर्ण गोलका लागि अवसर सृजना गरिदिए। स्विडेन खेलमा फर्किँदै गरे पनि पेलेले खेल सकिनुअघि अन्तिम हेड गोल गर्दै जित सुनिश्चित पारे।
फिफा विश्वकप १९६२, सेमिफाइनल (सान्टियागो)– ब्राजिल ४–२ चिली
‘हामीसँग विश्वकप हुनैपर्छ किनकि हामीसँग केही पनि छैन’, चिलियन फुटबल महासंघका अध्यक्ष कार्लोस डिटबर्नले भूकम्पले चिलीलाई क्षतविक्षत पारेपछि भनेका थिए।
प्रतियोगितामा चिली सेमिफाइनलमा पुगेको थियो। उसले सान्टियागोमा इटालीविरुद्ध प्रतिस्पर्धापूर्ण खेलमा जित निकालेको थियो।
यता चिलीविरुद्ध ब्राजिलको टोलीमा घाइते भएका कारण पेले थिएनन्। तर ऊसँग यसका लागि गारिन्चा नै पर्याप्त थिए। अन्तिमतिर उनलाई नराम्रो व्यवहार गरेको भन्दै मैदानबाहिर पठाइयो। यतिसम्म कि पिचबाट निस्केपछि बोतलले समेत हानिएको थियो।
ब्राजिलले खेलमा प्रभाव छोडिरहेकै थियो। गारिन्चाले पहिलो हाफमै २ गोल हानेका थिए। टोरोको शक्तिशाली फ्रिकिकले चिलीलाई आशा थपिदियो।
तर गारिन्चाको कर्नरलाई भाभाले हेडमार्फत गोल गरेका थिए, चौथो गोल उनैले गरे। चिलीका लागि पेनाल्टीमा लियोनल सान्चेजले गोल गरे पनि ब्राजिल फाइनल पुग्यो। भाग्यवश गारिन्चाले फाइनलमा समेत खेल्न पाए। एजेन्सीहरुको सहयोगमा
विश्वकपसम्बन्थी थप स्टोरी :
Shares
प्रतिक्रिया