फ्रान्सेली फरवर्ड केलियन एम्बाप्पेले कतार विश्वकपमा गोल्डेन बुट अवार्ड जितेका छन्। विश्वकपको व्यक्तिगत विधामा अर्जेन्टिना कै वर्चश्व हुँदा एम्बापेले मात्र गोल्डेन बल जितेका हुन्।
साविक उपविजेता फ्रान्स कतार विश्वकपमा अजेन्टिनासँग टाइब्रेकरमा पराजित हुँदै उपविजेतामा सीमित बनेको हो।
फाइनल खेलमा ह्याट्रिक गरेका एम्बापेले विश्वकप २०२२ मा ७ खेल खेलेका उनले ८ गोल गर्दै सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट अवार्ड जितेका हुन्। विश्वकपमा उनले २ असिस्ट पनि गरे।
सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लियोनल मेस्सी रहे। मेस्सीले ७ खेलमा ७ गोल गर्दा ३ असिस्ट दिएका छन्।
सन् २०१७ देखि फ्रान्सको राष्ट्रिय टोलीबाट खेलिरहेका एम्बापेले ६६ खेलमा ३६ गोल गरेका छन्।
अर्जेन्टिनाकै जुलियन अल्भारेज फ्रान्सका ओलिभर जिरुडले समान ४ गोल गरेका छन्।
पुस ४, २०७९, आइतबार
प्रतिक्रिया