ad ad

ग्लोबल


जाडोयाम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यास अभाव

जाडोयाम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यास अभाव

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १:४६, काठमाडौँ

पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण ग्यासको अत्यधिक माग हुँदा यहाँ ग्यासको अभाव हुने गरेको छ। यसबाहेक, गत वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर भएको सञ्चारमाध्यमले जनाएका छन्।
 

सिन्ध, पञ्जाब र खैबर पख्तुनख्वाका धेरै शहरमा ग्यास उपलब्ध नभएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

ग्यास अभाव र लोडसेडिङका कारण कराँची, लाहोर, हैदरावाद, मुल्तान, पेशावर र रावलपिण्डीका बासिन्दाहरू चिन्तित छन् र खाना पकाउने ग्यास र दाउराको माग पनि बढेको छ। 

दाउरा र कोइलाको मूल्य दोब्बर भए पनि घरेलु उपभोक्तालाई इन्धनको आवश्यकता पूरा गर्न ग्यास आपूर्ति गर्ने योजना पनि प्रभावकारी छैन।

स्थानीय सञ्चारमाध्यमका अनुसार सिन्धले देशमा करिब ६२ प्रतिशत ग्यास उत्पादन गर्छ र त्यसको बावजुद सिन्धले ३८ प्रतिशत मात्र ग्यास पाउँछ। अर्कोतर्फ, पञ्जाबमा ग्याँस उत्पादन केवल तीन प्रतिशत छ तर पञ्जाबमा ५२ प्रतिशत ग्याँस उत्पादन हुन्छ।

खैबर पख्तुनख्वामा ग्यास उत्पादन १५ प्रतिशत र यसको खपत सात प्रतिशत मात्र छ, बलुचिस्तानमा ग्यास उत्पादन १२ प्रतिशत र खपत दुई प्रतिशत मात्र छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .