ad ad

खेल


लगातार दोस्रोपटक पेनाल्टीबाट बाहिरियो पूर्व विश्वविजेता स्पेन

लगातार दोस्रोपटक पेनाल्टीबाट बाहिरियो पूर्व विश्वविजेता स्पेन

नेपालखबर
मंसिर २१, २०७९ बुधबार ०:१६, काठमाडौँ

सन् २०१० को विश्वकप विजेता स्पेन कतार विश्वकप २०२२ को नकआउट चरणबाट बाहिरिएको छ।

मंगलबार भएको मोरक्कोसँगको निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा टुङ्गिएसँगै पेनाल्टी सुटआउटमा गएको खेलमा मोरक्को ३–० ले विजयी भयो।

यससँगै स्पेन विश्वकपको नकआउट चरणमा पुगेको पछिल्लो पाँच विश्वकपको नकआउट चरणको खेल अतिरिक्त समयमा गएको छ।

यसअघि समूह चरणको अन्तिम खेलमा जापानसँग २–१ गोलले पराजित भएको स्पेनले नकआउट चरणमा पनि आफ्नो खराब प्रदर्शन जारी राखेको हो। 

यससँगै स्पेन दोस्रोपटक विश्वकपको नकआउट चरणमा पेनाल्टी सुटआउटमार्फत बाहिरिएको हो।  

सन् २०१८ मा भएको रुस विश्वकपमा पनि स्पेन घरेलु टोली रुससँग पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित हुँदै नकआउटबाट बाहिरिएको थियो। 

उता मोरक्को भने पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। मोरक्को यो विश्वकपको क्वार्टरफाइनमा पुग्ने एकमात्र अफ्रिकी टोली हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .