विश्वकप अन्तर्गत अन्तिम १६ को जापान र क्रोएसियाबीचको खेल बराबरीमा सकिएको छ।
निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएको खेलमा थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट माथिल्लो चरणमा पुग्ने टोलीको छिनोफानो हुने भएको हो।
यसअघि पहिलो हाफको ४३ औं मिनेटमा जापानका डाइजेन माइडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको ५६ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले बराबरी गोल फर्काए। खेलमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
63
Shares
प्रतिक्रिया