विश्वकप अन्तर्गत अन्तिम १६ को खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएको छ।
यससँगै खेल अतिरिक्त समयमा धकेलिएको छ।
पहिलो हाफको ४३ औं मिनेटमा जापानका डाइजेन माइडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको ५६ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले बराबरी गोल फर्काए। खेलमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।
३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसके पेनाल्टी सुटआउटमार्फत विजेताको टुङ्गो लाग्नेछ।
90
Shares
प्रतिक्रिया