ad ad

खेल


विश्वकपमा अंक बराबर भए कसरी छानिन्छ नकआउटमा जाने टोली?

विश्वकपमा अंक बराबर भए कसरी छानिन्छ नकआउटमा जाने टोली?

नेपालखबर
मंसिर १४, २०७९ बुधबार २०:४३, काठमाडौँ

विश्वकप फुटबलमा समूह चरणका अन्तिम खेल चलिरहेका छन्।

दुई वटा समूहका खेल सकिँदा ७ वटा टोलीको भने अघिल्लो चरणको टुंगो लागेको छ। अन्तिम खेल नखेल्दै फ्रान्स, ब्राजिल र पोर्चुगल नकआउटमा स्थान बनाएका छन्। यस्तै समूह ए का नेदरल्याण्ड्स र सेनेगल तथा समूह बी का इङ्ल्याण्ड र अमेरिका नकआउटमा पुगेका छन्। 

बाँकी टोलीको भने अन्तिम खेलबाट मात्रै टुंगो लाग्नेछ। समूह एफको क्यानडा बाहेक सबै टोलिका लागि अन्तिम १६ को बाटो खुल्ला छ। तर, अन्तिम खेलबाट पनि अंक बराबर हुने सम्भावना छ। त्यस्तो अवस्थामा कसरी नकआउटमा पुग्ने टोली छानिन्छ भन्ने समर्थकमा चासो देखिन्छ। 

यस्तो छ फिफाको नियमः 
१. समूहका सबै खेल भइसकेपछि जसको बढी अंक हुन्छ, उही टोली अघिल्लो चरअण पुग्छ। समूहका खेलमा जित्ने टोलीले ३ अंक पाउँछ बराबर हुने टोलीले १ अंक पाउँछ। हार्ने टोलीले अंक पाउँदैन। 

२. समूहका सबै खेल भइसकेपछि उसले गरेको गोल र खाएको गोल अन्तरका आधारमा हुनेछ। खाएको गोलभन्दा गरेको गोल जसको बढी छ उही टोली अगाडि बढ्नेछ। 

३. समूह चरणका सबै खेलमा कसले बढी गोल गरेको छ उही टोली अगाडि बढ्नेछ। 

४. समूह चरणमा सबैभन्दा कम गोल जुन टोलीले खाएको छ, उही छानिनेछ। 

५. माथिका नियमबाट पनि निर्णय हुन नसके प्रतिस्पर्धी टोलीबीचको खेलमा जसले जितेको छ, उही अघिल्लो चरण पुग्नेछ। 

६. माथिका यी सबै नियमबाट पनि टुंगो लाग्न नसके। खेलमा टोलीले पाएको कार्डका आधारमा निधो गरिनेछ। एउटा पहेँलो कार्ड बराबर १ अंक घटाइने छ। दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएको भएमा ३ अंक घटाइनेछ। सिधै रेडकार्ड खाएको भएमा ४ अंक घटाइनेछ र अघिल्लो चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .