विश्वकप फुटबलको उपाधि दाबेदार मानिएको इङ्ल्याण्डले आफ्नो टोली घोषणा गरेको छ।
२६ सदस्यीय टोलीमा नाम चलेका खेलाडी समेटिएको छ। समूह बीमा इङ्ल्याण्ड रहेको छ। यो समूहमा इरान, अमेरिका र वेल्स छन्।
मंसिर ४ गतेबाट कतार विश्वकप सुरु हुँदैछ। मंसिर ५ गते साँझ ६ः४५ बजे इरानसँग भिड्दै इङ्ल्याण्डले विश्वकप यात्रा सुरु गर्नेछ।
इङ्ल्याण्डको टोलीमा विदेशी लिग खेल्ने एक मात्रै खेलाडी बोरुसिया डटमन्डका जुडे बेलिंघम छन्। अन्य सबै घरेलु लिगकै खेलाडीहरु परेका छन्।
इङ्ल्याण्डको टिम
गोलरक्षक : जोर्डन पिकफोर्ड, निक पोपे, आरोन राम्सडाले
मिडफिल्डर : जुडे बेलिंघम, कोनोर गाल्लाघेर, जोर्डन हेन्डरसन, मसन माउण्ट, कलभिन फिलिप्स र डिक्लेन रिस
फारवार्ड : फिल फोडेन, ज्याक ग्रिलिस, ह्यारी केन, जेम्स माडिसन, मार्कस रासफोड, बुकायो साका, रहिम स्ट्रलिंग र कालुम विल्सन
प्रतिक्रिया