अर्जेन्टिनाका मिडफिल्डर जियोभानी लो सेल्स्सोले कतार विश्वकप गुमाउने भएका छन्।
यसअघि नै चोटको कारण उनले विश्वकप गुमाउन सक्ने अनुमान भइरहेको अवस्थामा उनले यो विश्वकप गुमाउने पक्का भएको हो। बिहीबार उनको दायाँ खुट्टाको शल्यक्रिया हुँदै छ।
गत सातादेखि उनको विभिन्न चरणमा परीक्षण गरिएको थियो। उक्त परीक्षणको नतिजाले उनीसँग विश्वकप गुमाउनेबाहेकको विकल्प नरहेको देखिएको हो।
विश्वकपको लागि अर्जेन्टिनाले आफ्नो टोली घोषणा गर्ने तयारी गरिरहेको समयमा लो सेल्स्सोले खेल्न नसक्ने पक्का भएको हो।
अर्जेन्टिनाले विश्वकपमा आफ्नो पहिलो खेल साउदी अरेबियासँग नोभेम्बर २२ मा खेल्दै छ।
प्रतिक्रिया