ad ad

खेल


विश्वकपको मुखैमा इंल्याण्डलाई अर्को झट्का, चिलवेल घाइते

विश्वकपको मुखैमा इंल्याण्डलाई अर्को झट्का, चिलवेल घाइते

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १०:१७, काठमाडौँ

कतार विश्वकप आउन दुई साताको समय मात्र बाँकी छँदा इंल्याण्डलाई एकपछि अर्को झट्का लागेको छ। 

समूह बी मा रहेको इल्याण्डका खेलाडी एकपछि अर्को गर्दै घाइते भएपछि तनावमा परेको छ। 

पछिल्लो समय डिफेन्डर वेन चिलवेल घाइते भएपछि इल्याण्डलाई अर्को झट्का लागेको हो। 

च्याम्पिन्स लिग अन्तर्गत बुधबार राति डिनामो ग्रेवसँगको खेलमा तिघ्रा चोटका लागि विश्वकप गुमाउने भएको चेल्सीले पुष्टि गरेको छ। स्क्यान रिपोर्टमा राम्रो नदेखिएपछि चिलवेलले विश्वकप गुमाउने बताइको हो। 

कतार विश्वकपमा इल्याण्डको पहिलो रोजाइमा खेल्न तयार रहेका चिलवेल किरन ट्रिपरसँगै मैदान बाहिरै बस्नेछन्। 

चिलवेलसँगै रेस जेम्स पनि घुडाँको चोटको कारण मैदान बाहिर हुनेछन्।  कायर वाकर र केल्भिन फिलिप पनि समयमा नै ठिक हुनेमा आशंका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .