खेल


आठौं पटक नेपाल उपविजेतामै सीमित, उज्बेकिस्तानसँग नेपाल ३–२ ले पराजित

आठौं पटक नेपाल उपविजेतामै सीमित, उज्बेकिस्तानसँग नेपाल ३–२ ले पराजित

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ११:५४,

बिहीबारमात्रै किर्गिस्तानले आयोजना गरेको नादेझ्दा कपको फाइनलमा पुनः एकपटक असफल भएपछि नेपाली टोली आठौंपल्ट उपाधि जित्न चुकेको हो।

नेपाल उज्बेकिस्तानसँग ३–२ गोलअन्तरले पराजित भयो। ३३औं मिनेट पेनाल्टी क्षेत्रभित्रबाट उज्बेकिस्तानका खेलाडीले गोल गरेका थिए। ५५औं मिनेटमा नेपाली डिफेन्डरहरुलाई छक्काउँदै उज्बेकिस्तान खेलाडीले पेनाल्टी क्षेत्रभित्रबाट दोस्रो गोल गरेका थिए। यस्तै ६४औं मिनेटमा डी बक्सबाहिरबाट किर्गिस्तानका खेलाडीले तेस्रो गोल गरेका थिए।

त्यसको ५ मिनेट नबित्दै सावित्रा भण्डारीले नेपालका लागि एक गोल फर्काइन्। सरु लिम्बुले मैदानको मध्यभागबाट बल अघि बढाउँदै डी बक्सभित्र सावित्रालाई पास दिएकी थिइन्। सावित्राले वान भर्सेस वानमा पहिलो टचमै एक गोल गरिन्।

खेलको अन्तिम मिनेटमा डी बक्सभित्र उज्बेकिस्तानका खेलाडीले ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई सावित्राले गोलमा परिणत गर्दै नेपालको हारअन्तर ३–२ मा घटाएकी हुन्।

नेपालले आगामी मंसिरमा हुने १३औं दक्षिण एसियाली खेलकुदको तयारी स्वरुप चार देश सहभागी नादेझ्दा कप खेलेको हो।

नेपाल समूह चरणमा नेपालले २ जित र १ हारको नतिजासहित फाइनलमा स्थान बनाएको थियो। पहिलो खेलमा नेपालले किर्गिजस्तान ८–२ गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा उज्बेकिस्तानसँग २–० को हार बेर्होयो। यस्तै अन्तिम खेलमा ताजिकिस्तानलाई १–० ले हराउँदै नेपाल उपाधिका लागि भिड्न पुगेको हो।

नेपालभन्दा ५८ स्थानमाथिको उज्बेकिस्तानले लिगमा शतप्रतिशत जित निकाल्दै फाइनल यात्रा तय गरेको हो। उज्वेकले ताजकिस्तानलाई १२–०, नेपाललाई २–० र किर्गिस्तानलाई ९–० ले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .