खेल


मछिन्द्र क्लब ‘वीरगन्ज गोल्डकप’को फाइनलमा

मछिन्द्र क्लब ‘वीरगन्ज गोल्डकप’को फाइनलमा

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८१ शुक्रबार ८:७, वीरगन्ज

मछिन्द्र क्लब यहाँ जारी दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

वीरगञ्जको आर्दशनगर रङ्गशालामा आज भएको खेलमा मछिन्द्र क्लबले सहलेश युवा क्लब, सिरहालाई ३–१ गोलअन्तरले हराएको हो। 

स्टेफन जेलीले खेलको १०औँ मिनेटमा गोल गर्दै मछिन्द्र क्लबलाई अग्रता दिलाएका थिए। जेलीले नै खेलको १३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सहलेश युवा क्लबसँगको अग्रता दोब्बर बनाए। 

यस्तै मछिन्द्र क्लबका आदित्य शाक्यले खेलको ६५औँ मिनेटमा तेस्रो गोल गरे। खेलको ९२औँ मिनेटमा सहलेश युवा क्लबका तर्फबाट बेन ब्रहामिनले सान्त्वना गोल गरे। उक्त खेलमा मछिन्द्रका  स्टेफन जेलीले म्यान अफ दी म्याद घोषित हुँदै रु १० हजार पुरस्कार प्राप्त गरे। मछिन्द्रले शनिबार हुने फाइनल खेलमा साविक विजेता नेपाल पुलिस क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। 

यही फागुन १७ गतेदेखि सुरु भएको वीरगञ्ज गोल्डकपको विजेताले रु ११ लाख ११ हजार एक सय ११ तथा उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर तथा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad