खेल


विराट गोल्डकप : विभागीय टोली एपीएफ सेमिफाइनलमा

विराट गोल्डकप : विभागीय टोली एपीएफ सेमिफाइनलमा

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०८० मंगलबार ५:३४, काठमाडौँ

विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालामा सञ्चालित ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौँ संस्करणको गए राति भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च व्वाइज युनाइटेडलाई पराजित गरेको छ।

चर्च व्वाइज युनाइटेडलाई पराजित गरेको एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ। एपिएफले चर्च व्याइज युनाइटेडलाई २–०  ले पराजित गरेको हो। 

एपिएफका लागि जर्सी नं ७ का  प्रदिप लामा र जर्सी नं ११ का अनिष महर्जनले जितको लागि एक÷एक गोल गरेका थिए।

मध्यान्तरपछि ५७ मिनेटमा लामा र ८७ मिनेटमा महर्जनले गोल गरी आफ्नो टिमलाई विजयी बनाउन सफल भएका छन्। एपिएफका प्रदीप लामा खेलको प्लेयर अफ द म्याच घोषित भई नगद रु ११ हजार प्राप्त गरेका छन्। 

मङ्गलबार मछिन्द्र फुटबल क्लब काठमाडौँ र भारतको कोलकातास्थित साउर्थन समिति फुटबल क्लबबीच अन्तिम क्वाटर फाइनल खेल हुनेछ। 

गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .