ad ad

खेल


नेपालगन्ज म्याराथनको पाँचौं संस्करण मंसिर ७ गते

नेपालगन्ज म्याराथनको पाँचौं संस्करण मंसिर ७ गते

नेपालखबर
असोज १२, २०७६ आइतबार १५:४२,

नेपालगन्ज म्याराथनको पाँचौं संस्करण आगामी मंसिर ७ गते आयोजना हुने भएको छ।
आयोजक क्रियटिभ ह्याण्ड्सले ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ बृहत शान्ति सम्झौता भएको मंसिर ७ लाई प्रतियोगिताको दिन रोजेको जनाएको छ।

पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड समावेश गरिएको छ। त्यसैगरी ८ देखि १२ वर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समेटिएको छ।

यस बर्षदेखि ३ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ। यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा बिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउनेछन्।
खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ। अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ। कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिनेछ।

नेपालगन्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपी चोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन्।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता बनेका थिए।

महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .