आईसीसीको नयाँ वरियतामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरियतामा भारतका रोहित शर्मा र वेस्टइन्डिजका क्रिस गेललाई पनि पछाडि पारेका छन्।
नयाँ वरियतामा पारस २७ औँ स्थानमा छन् भने रोहित ४० र गेल ४४ औँ स्थानमा रहेका छन्।
नयाँ वरियतामा कप्तान खड्कासँगै नेपालका वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन्।
कप्तान खड्काले ९० रेटिङ अङ्क पाएका छन्। उनी दुई महिनाअघि २५ औँ स्थानमा थिए। त्यस्तै ब्याटिङतर्फ भने कप्तान खड्का ६६ औँ स्थानमा छन्।
बलिङमा नेपाली टोलीका सदस्य रेग्मी ४११ रेटिङ पाउँदै ७३ औँ स्थानमा पुगेका छन् भने कामी ३९१ रेटिङ पाउँदै ७८औँ स्थानमा झरेका छन्।
त्यस्तै अलराउन्डरतर्फ सोमपाल ६७औँ स्थानमा यथावत् रहेका छन्। उनले ४९ रेटिङ अंक पाएका छन्।
आईसीसीको टोलीमा टी–२० वरियतामा नेपाल ११ औँ स्थानमा यथावत् रहेको छ भने एक दिवसीय वारियतामा नेपाल १७ औँ स्थानमा रहेको छ।
प्रतिक्रिया