ad ad

खेल


टेनिसमा कमल थापाको दुबै हातमा लड्डु

टेनिसमा कमल थापाको दुबै हातमा लड्डु

वाशुदेव मिश्र
असोज ८, २०७६ बुधबार ९:१,

राजनीति मात्र नभएर टेनिस कोर्टका पनि भेट्रान खेलाडी कमल थापाले पोखरामा दोहोरो उपाधिमाथि कब्जा जमाएका छन्।

नेपालका भेट्रान टेनिस खेलाडी थापाले पोखराको टेनिस कोर्टमा बुधबार ५५ वर्षमाथिको उमेर समूहमा एकल र युगल जोडीको उपाधि जितेका हुन्। राजनीतिबाट बिश्राम लिएर सुटुक्क टेनिस खेल्न पोखरा आएका उनले भारतीय खेलाडी सन्जय कुमारलाई ६–४, ६–२ को सोझो सेटमा हराए।

युगलतर्फ पनि थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमको जोडीलाई हरायो। पहिलो सेटमा एउटा सर्भिस प्वाइन्ट र दोस्रो सेटमा दुई सर्भिस प्वाइन्ट ब्रेक गर्दै एकल उपाधि जितेका थापाले युगलमा भने केही बढी मेहनत गर्नुप-यो। पहिलो सेट थापाको जोडले ६–२ ले जित्यो भने दोस्रो सेट भने सोही नजितामा विपक्षीको पोल्टामा गयो।

सुपर टाईमा थापाको जोडीले ११–९ अंकका साथ उपाधि पक्का बनायो। एनआईसी एशिया बैंक नेपाल आइटिफ विश्व बरियता सिनियर्स ग्रेड ४ टेनिस च्याम्पियनसिपको ३५ वर्षमाथिको उमेर समूहको उपाधि भने गोपी भट्टराई र शरन गुरुङको जोडीलाई धरमबहादुर लामिछाने र विमलकुमार गुरुङको जोडीले सेटमा पराजित गर्दै उपाधि रक्षा गरे।

पहिलो सेट ६–४, दोस्रो सेट ५–७ र अन्तिम सुपरटाई १०–६ मा पराजित गर्दै उपाधि जितेका हुन्। एनआईसी एशिया बैंकको मुख्य प्रायोजन तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित एनआईसी एशिया बैंक नेपाल आईटिफ विश्व बरियता सिनियर्स ग्रेड ४ टेनिस च्याम्पियनसिपमा ३५ वर्षमाथिको उमेर समूहमा १० जना मात्रैले प्रतिस्पर्धा गरेका थिए।

४५ वर्षमाथिको उमेर समूहमा २२ जना, ५५ वर्षमाथिको उमेर समूहमा २० जनाले बरियता प्राप्त गर्ने अंकको लागि प्रतिस्पर्धा गरेका थिए। ३५ वर्षमाथिको प्रतिस्पर्धामा ५ भारतीय खेलाडी रहेका थिए। विजेता खेलाडीहरुलाई एनआईसी एशिया बैंकका क्षेत्रीय निर्देशक दिपेन्द्र शर्मा, नेपाल टेनिस संघका पुर्व अध्यक्ष मनोज राणा लगायतले ट्रफी पुरस्कार स्वरुप प्रदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .