च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति बार्सिलोना र डर्टमुन्डबीच प्रतिस्पर्धा हुँदैछ।
समूह चरण अन्तर्गत हुन लागेको खेल नेपाली समयअनुसार आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
मंगलबार बार्सिलोनाका तर्फबाट कप्तान लियोनल मेस्सी मैदानमा उत्रँने छन्।
यसअघि घाइते भएर स्पेनिस ला लिगाको चार खेल गुमाएका मेस्सी फिट भएको जनाइएको छ।
उनी बार्सिलोनाले सार्वजिनक गरेको खेलाडीको स्क्वाडमा परेका हुन्। ओउसमान डेम्बेलेलाई भने आजको खेलमा समावेश गरिएको छैनन्। उनी घाइते छन्।
यसैबीच मेस्सीको अनुपस्थितीमा उनको स्थानमा राखिएका खेलाडी १६ वर्षका अंशु फाती पनि टोलीमा परेका छन्।
बार्साका ग्रिजम्यान, पिके, राकिटिक, स्वारेज लगायतका स्टार खेलाडी आजको खेलमा डर्टमुन्डविरुद्ध मैदान उत्रँनेछन्। डर्टमुन्ड जर्मनीको स्टार क्लब हो।

प्रतिक्रिया