कारोबार


कर्मचारी संचय कोषद्वारा ३ खर्ब ३८ अर्ब लगानी

कर्मचारी संचय कोषद्वारा ३ खर्ब ३८ अर्ब लगानी

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार ९:१९,

कर्मचारी संचय कोषको रकम ३ खर्ब ९ अर्व ८५ करोड पुगेको छ।

कर्मचारी संचय कोषले आफ्नो स्थापनाको ५८ औँ वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोषमा जम्मा भएको रकम ३ खर्ब नाघेको जानकारी गराएको हो। त्यसमध्ये ३ खर्व ३८ अर्व ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको पनि कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए।

कोषले गत श्रावण महिनासम्ममा ३१ अर्व ४५ करोड जगेडा रकम रहेको पनि जनाएको छ। कोषले जगेडा रकमलाई मुलुकको पूर्वाधार, उर्जा र आवास निर्माण कार्यक्रममा लगानी गर्ने तयारी पनि गरेको छ। प्रशासक गौतमले मुलुकलाई समृद्ध बनाउने अभियानमा जगेडा रकम परिचालन गर्न लागिएको बताए। त्यसका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग सहकार्य गरेर अघि बढने कोषको योजना छ।

कर्मचारी संचय कोषमा हाल सरकारी र निजी क्षेत्र गरी ६ लाख संचयकर्ताहरु रहेका छन्। उनीहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत सामान्य रोग लागेका १ लाख तथा घातक रोग लागेमा १० लाखसम्म उपचार खर्च दिने गरी स्वास्थ्य विमा सेवा पनि संचालन गरिएको कोषका प्रशासक गौतमले जानकारी दिए।

त्यसैगरी कोषले संचयकर्ताहरुलाई आफ्नो सेवा कालमै दुर्घटनामा परी अंगभंग भएमा वा मृत्यु भएका २ लाख दिने, काजक्रिया खर्च बापत ४० हजार रुपैयाँ दिने व्यवस्था गरिएको पनि जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad