ad ad

खेल


पेले र म्याराडोनाले एकै मञ्चमा मेस्सीको आलोचना गरेपछि...

पेले र म्याराडोनाले एकै मञ्चमा मेस्सीको आलोचना गरेपछि...

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ७:१९,

दुवै आफ्ना पालका सबैभन्दा रुचाइएका खेलाडी हुन्। पेले र म्याराडोना को उत्कृष्ट भनेर पनि विश्वका खेल समर्थक ध्रविकित हुने गर्छन्l

पेले र म्याराडोनाजस्तै वर्तमान समयमा अर्जेन्टिनाका लियोनल मेस्सी सर्वाधिक रुचाइएका फुटबलर हुन्।

मेस्सी पेले र म्याराडोनाभन्दा पनि उत्कृष्ट हुन् भन्नेको पनि आफ्नै जमात छ। मेस्सी स्टार हुन् भन्नेमा कुनै दुई मत छैन।

त्यसैले वर्तमानमा लियोनल मेस्सीको चर्चा अथवा कटाक्ष हुनु स्वभाविक हो।

पेले र म्याराडोनाले पनि मेस्सीबारे एकै मञ्चमा कुराकानी गरेका छन्। यसको भिडियो सार्वजनिक भएको छ।

उनीहरुको कुराकानी सुन्दा उनीहरुले मेस्सीको आलोचना गरेको देखिन्छ।

भिडियोमा पेलेले भनेका छन्,‘डिएगो के तिमी मेस्सीलाई व्यक्तिगत रुपमा चिन्छौं?’

उत्तरमा म्याराडोना भन्छन्,‘अ अ चिन्छु।’

पेले भन्छन्,‘उनी राम्रा मान्छे हुन् तर म उनलाई चिन्दिन।’

म्याराडोना भन्छन्,‘उ राम्रो मान्छे हो तर उसको व्यक्तित्व छैन। उनीसँग व्यक्तित्व छैन। उसँग प्राकृतिक रुपमा नेतृत्वदायी क्षमता छैन।’

पेले भन्छ,‘ए मैले बुझेँ।’

एकै मञ्चमा मात्र नभएर पेले र म्याराडोनाले यस अगाडि पनि मेस्सीको आलोचना गरेका थिए।

Image result for pele maradona and messi

गतवर्ष पेलेले मेस्सी एकै स्किल र एकै खुट्टामात्र प्रयोग गर्नसक्ने खेलाडी भएको बताएका थिए।

‘म्याराडोना मेस्सीभन्दा धेरै उत्कृष्ट थिए।’ सन् २०१८ डिसेम्बर ५ मा पेलेले भनेका थिए,‘मेस्सीसँग एकमात्र स्किल छ। उनी देब्रे खुट्टामात्र प्रयोग गर्न सक्छन्। उनी हेडर राम्रोसँग गर्न सक्दैनन्।

गतवर्ष नै डिएगो म्याराडोना जो मेस्सीकै देश अर्जेन्टिनाका हुन् उनले मेस्सी फुटबल खेल सुरु हुनुभन्दा अगाडि उनी धेरैपटक ट्वाइलेट पिसाब फेर्न जाने गरेकोभन्दै आलोचना गरेका थिए।

म्याराडोनाले भनेका थिए,‘जो खेल अगाडि ट्वाइलेट जान्छ। उ कप्तान हुन सक्दैन।’

मेस्सीको आलोचना फुटबलका महारथीबाटै भएपछि विश्वभरका फुटबल समर्थकले पेले र मेस्सीको आलोचना गरेका छन्। एजेन्सीको सहयोगमा

(भिडियो)

 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .