यस्तै रोनाल्डोको आगमनसँगै यूभेन्ट्सलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्यामा पनि त्यतिकै रुपमा वृद्धि भएको छ।
गतवर्ष समरमा रोनाल्डो रियल म्याड्रिडबाट यूभेन्ट्स आएका थिए। रोनाल्डो आएपछि यूभेन्ट्सको सामाजिक सञ्जालमा भएका फलोवर्स ४९.७ मिलियनबाट ६८ प्रतिशत बढेर ८३.३ मिलियन पुगेका छन्।
यो पनि- फिफा विश्वकप छनोट: पीडादायी हार भुलाउने अवसर
रोनाल्डोको आगमनसँगै यूभेन्ट्सको टिसर्टको मुख्य प्रयोजक जीपले वार्षिक प्रायोजन तीन गुणाले बढाउने भएको छ। १४ मिलियन पाउण्ड रकम दिदैँ आएको जीपले त्यसलाई बढाउँदै ४५ मिलियन डलर पुर्याउने भएको हो।
यस्तै अर्को प्रायोजक एडिडासले पनि २०२१ सम्म आफ्नो प्रायोजक रकम बढाउँदै ४८ मिलियन पाउण्ड पुर्याएको छ।
रियलबाट ९९ मिलियन पाउण्डमा आएका रोनाल्डोले यूभेन्ट्सको ब्रान्ड भ्यालु पनि निकै बढाइदिएका छन्। त्यही कारण यूभेन्ट्सले रोनाल्डोलाई वर्षको २८ मिलियन पाउण्ड समेत तिर्ने गर्छ।
इटालियन पत्रिका टुटोस्पोर्टसका अनुसार पाँच पटकका बालोन डिओर विजेता रोनाल्डोलाई भित्र्याउँदा यूभेन्ट्सले च्याम्पियन्स लिगको उपाधि जित्ने सपना देखेको थियो। गतसिजनमा लिगका ४३ खेल खेल्दै रोनाल्डोले २९ गोलमात्रै गरेपछि असन्तुष्ट यूभेन्ट्स उनको आगमनसँगै सामाजिक सञ्जाल र प्रायोजकमा भएको तीन गुणा वृद्धिले भने सन्तुष्ट छ।
Shares

प्रतिक्रिया