आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतविरुद्ध टस जितेर पाकिस्तानले फिल्डिङ गर्ने निर्णय गरेको छ।
कार्डिफमा जारी खेलमा भारतले ब्याटिङमा उत्रने भएको छ। भारतको टोलीमा एक परिवर्तन गरिएको छ। शिखर धवन टोली बाहिर रहँदा विजय शंकरले मौका पाएका छन् ।
पाकिस्तानले भने आफ्नो टोलिमा दुई खेलाडी परिवर्तन गरेको छ। आशिफ अली र साहिन शाह अफ्रिदीको स्थानमा शादव खान र इमाद वासिमलाई टोलीमा मौका दिएको छ ।
भारतको प्लेइङ ११ : रोहित शर्मा,विराट कोहली(कप्तान), लोकेश राहुल, महेन्द्र सिंह धोनी(विकेटकीपर), केदार जाधव, हार्दिक पान्ड्या, भुवनेश्वर कुमार, कुलदीप यादव, युजवेन्द्र चाहल, जसप्रित बुमराह ।
पाकिस्तानको प्लेइङ ११ : इमाम उल हक, फकार जमान, बाबर आजम, मोहम्मद हफिज, सहर्फराज अहमद (कप्तान), सोएब मालिक, इमाद वासिम, वहाब रियाज, हसन अली, शादव खान, मोहम्मद आमिर ।
Shares
प्रतिक्रिया