ad ad

खेल


आयाक्स च्याम्पियन्स लिगमा छनोट

आयाक्स च्याम्पियन्स लिगमा छनोट

नेपालखबर
भदौ १२, २०७६ बिहिबार ३:९,

पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको आयाक्स साइप्रसमा बुधबार भएको दोस्रो लेगमा २-० ले विजयी भयो।

यसै समरमा क्लबमा अनुबन्ध भएका इड्सन अल्भेरेजले हाकिम जियाचको फ्रिककमा हेडिङ गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए।

यस्तै डुसान टाडिकले दोस्रो गोल गर्दै आयाक्सको जित निश्चित पारे। त्यसअघि क्लेस जान हेन्टलरको गोलले भने अफसाइड भएको भन्दै मान्यता पाएको थिएन्।

गत सिजनको सेमिफाइनलमा टोट्नहम हट्सपरसँग पराजित भएको आयाक्सले यस सिजनमा प्रतियोगितामा आउन दुई चरणको छनोट पार गर्नुपर्ने थियो।

यस्तै क्लब ब्रजेज र साभिया प्राग्युले समेत प्लेअफ पार गर्दै च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएका छन्।

म्यानचेस्टर सिटी, टोटनहम, चेल्सी, लिभरपुल समेत रहेको च्याम्पियन्स लिगको ड्र बिहीबार मोनाकोमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .