ad ad

खेल


काठमाडौं म्याराथन पुसमा

काठमाडौं म्याराथन पुसमा

नेपालखबर
भदौ १०, २०७६ मंगलबार १३:१९,

आयोजक प्रो स्पोर्टस प्रा.लीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै म्याराथनको नयाँ संस्करणबारे जानकारी दिएको हो।

म्याराथनमार्फत काठमाडौं शहरलाई विश्वमाझ चिनाउने उदेश्यका साथ आयोजना गरिदै आएको दौडले सन् २०२० को नेपाल भ्रमण वर्षलाई पनि टेवा पुग्ने प्रो स्पोर्टसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए।

यसअघि १ सय ५० जना विदेशी धावकहरु दौडमा उतारेको आयोजकले यसपटक २ सय ५० सम्म विदेशी धावकहरु उतार्ने आयोजकको आशा छ। विदेशीसँगै झण्डै ५ हजार धावक प्रतियोगितामा दौड्ने छन्।

काठमाडौं म्याराथनको एयरलाइन्स पार्टनर्सको रुपमा ड्रागन एयर रहेको छ। यस्तै इ-सेवा पेमेन्ट तथा डाइनिङ पार्क बेवरेज पाटर्नरका रुपमा रहेको छ।

काठमाडौं म्याराथनमा महिला पुरुष म्याराथान, हाफ म्याराथन, कर्पोरेट रिेले, ५ किलोमिटर खुला दौड, ५ किलोमिटर छात्र-छात्रा दौड, ३ किलोमिटर ह्विलचियर दौड रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .