एनओसीको निर्वाचनका लागि मंगलबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता समय तोकिएको थियो। उक्त समयभित्र अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठले अध्यक्ष पदका लागि उम्मेदवारी दिएको निर्वाचन कमिटिले सुचना प्रकाशित गर्दै जानकारी दिएको छ।
यसअघि चारवर्ष अघि भएको निर्वाचनमा पनि अध्यक्ष पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच नै प्रतिस्पर्धा भएको थियो। त्यसबेला जीवनरामले उमेशलाललाई पराजित गरेका थिए।
एनओसी साधारण सभाका २७ प्रतिनिधिमध्ये २६ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका हुन्। एनओसीका पूर्व अध्यक्ष ध्रबबहादुर प्रधानबाहेक सबै प्रतिनिधिले उम्मेदवारी दिएका छन्।
निर्वाचनमा एनओसीका २७ सदस्यका प्रतिनिधिले मतदान गर्नेछन्। उनीहरुले साधारण सभाबाट १९ सदस्यीय कार्यसमिति चयन गर्नेछन्। जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ उपमहासचिव, ३ सचिव र ७ सदस्य निर्वाचनबाट चयन हुनेछन्।
मंगलबार दिउँसो सम्म तोकिएको समयमा अध्यक्षका लागि २, उपाध्यक्षका लागि ५, महाचिवका लागि २, सचिवका लागि ४ तथा सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको छ।
कुन पदमा को उम्मेदवार?
अध्यक्षः उमेशलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ
महासचिवः पुरेन्द्रविक्रम लाखे, निलेन्द्रराज श्रेष्ठ
उपाध्यक्षः ज्योती राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजबैद्य, राजीव श्रेष्ठ, समिम मियाँ अन्सारी
सचिवः केशवकुमार विष्ट, दीपक हर्ष बज्राचार्य, रामजीबहादुर श्रेष्ठ
कोषाध्यक्षः रतन तण्डन(एक्लो उम्मेदवार भएकाले निर्विरोध)
उपमहासचिवः पिताम्बर तिम्सिना(एक्लो उम्मेदवार भएकाले निर्विरोध)
सदस्यः टासी घले, दीर्घबहादुर केसी, रमेशप्रसाद शिवाकोटी, मनोरञ्जन रमण शर्मा, प्रकाशशम्सेर राणा, गोपालसुन्दर कक्षपति, राम अवाले, होमबहादुर दोड
एनओसीमा मताधिकार प्राप्त प्रतिनिधिहरु



Shares

प्रतिक्रिया