सेप्टेम्बर २९ देखि अक्टोबर २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा प्रिन्स दाहाल, देवराज राणा, पेम्बा शेर्पा र प्रियन्सु क्षेत्री तथा महिलामा रञ्जना भट्ट, सीमा राजवंशी र निता लम्साल रहेका छन्। खेलाडीले सिंगल्स, डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन्।
प्रशिक्षकमा मेघराज कठायत तथा व्यवस्थापकमा जगतबहादुर धामी रहेका छन्। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे।
सो अवसरमा निमित्त सदस्य–सचिव गुरुङले टोलीलाई प्रोत्साहन स्वरुप १५ हजार भारु प्रदान गरेका थिए।
3
Shares

प्रतिक्रिया