हङकङ प्रदर्शनः प्रहरीमाथि पेट्रोल बम र छुरा प्रहार गर्ने ३६ जना पक्राउ

हङकङ प्रदर्शनः प्रहरीमाथि पेट्रोल बम र छुरा प्रहार गर्ने ३६ जना पक्राउ

मगेन्द्र राई
भदौ ९, २०७६ सोमबार १२:३८,

हङकङमा सुपुर्दगी विधेयकविरुद्धको नाममा शुरु भएको आन्दोलनले एकपछि अर्को गर्दै विकराल रुप लिईरहेको छ।

गत हप्ता शान्तिपूर्ण प्रदर्शन भएको थियो। यसले थोरै भए पनि राहत मिलेको थियो। तर आईतबारको प्रदर्शनसँगै त्यहाँ फेरि हिंस्रक रुप देखा परेको छ।

आन्दोलनकारीहरुले आइतबार चुन वान र क्वाई चिङ जिल्लामा गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीहरु बीच व्यापक हिंसा मच्चिएको थियो।

उक्त झपडमा २९ पुरुष र ७ महिलाहरु सहित ३६ जना गिरफ्तार भएका छन्। उनीहरुलाई गैरकानुनी भेला, गैर कानुनी तथा घातक हतियार बोकेको र पुलिस अधिकारीहरूलाई आक्रमण गरेको अभियोगमा पक्राउ गरेको हङकङ प्रहरीले बताएका छन्।

झपडमा आन्दोलनकारीहरुले प्रहरीमाथि ढुङ्गामुढा, छाता, पेट्रोल बम, फलामको रड जस्ता बस्तुले आक्रमण गरेका थिए।

आन्दोलनकारीले प्रहरीमाथि छुरासमेत प्रहार गरेका थिए। प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन अश्रुग्यास, रबरको बुलेट प्रदर्शनकारीमाथि प्रहर गरेका थिए।

प्रदर्शनमा प्रहरीले पहिलो पटक “पानीको फोहरा“ प्रयोग गरेका थिए। साथै प्रदर्शनकारीहरुको आक्रमण बाट बच्न हवाई फायर समेत गरेका थिए।

हाल हङकङ प्रदर्शनमा “पानीको फोहरा“ प्रयोग गर्ने नगर्ने बारे बहस सुरुवात भएको छ। बेजिङ समर्थक डिएबी पार्टी अध्यक्ष स्टारी ली का अनुसार आन्दोलनकारीहरुको आक्रमक गतिविधिका कारण प्रहरीको ज्यान जोखिममा परेको छ। त्यसैले पानीको फोहरा प्रयोग गरिनु पर्ने उनको भनाइ छ।

डिएबी कै अर्का बिधायक ग्यारी चान भन्छन् “अश्रुग्यास र रबरको बुलेटले मात्र आन्दोलनकारीहरु नियन्त्रणमा आउन संभव छैन। आन्दोलनकारीहरु थप हिंसात्मक बन्दै गैरहेका छन्, जसले प्रहरीको ज्यानमा थप खतरा बढेको छ, तसर्थ प्रहरीको सुरक्षाको लागि पानीको फोहरा प्रयोग गरिनु पर्छ।’

तर शैक्षिक सर्कलबाट भने उक्त कदम घातक हुने बताइएको छ। पानीको फोहराले मानिसको ज्यानसमेत जान सक्ने भएकाले दुवैपक्षले संयमता अपनाउनु पर्ने उनीहरुले आग्रह गरेका छन्।

आन्दोलनकारीहरुले आज सोमबार पनि राजस्व कार्यालयमा धर्ना दिईरहेका छन्। आन्दोलनकारीहरुको प्रमुख ५ मागको सरकारबाट सम्बोधन भएको छैन। तर प्रमुख कार्यकारी क्यारी लामले सामाजिक सन्जालमार्फत भनेकी छिन,“सबै थकित छन् र कुराकानी मार्फत समाधान खोजौं।’

गत जुन ९ बाट शुरु भएको आन्दोलनको १२ हप्ता पुगेको छ। जसले हङकङको अर्थतन्त्र चौपट बन्दै गएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .