ad ad

खेल


खेलाडीमा काेराेना पुष्टिपछि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित

खेलाडीमा काेराेना पुष्टिपछि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित

नेपालखबर
असार १७, २०७८ बिहिबार १०:४३,

खेलाडी र पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित भएको छ।

साफ च्याम्पियनसिप तथा एएफसी एशियन कप क्वालिफायरका लागि आजबाट बन्द प्रशिक्षण सुरु गर्ने तयारीमा अखिल नेपाल फुटबल संघ (एन्फा) थियो।

तर बन्द प्रशिक्षण अघि गरिएको कोरोना परीक्षणमा ११ खेलाडी र पदाधिकारी गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

तर १३ जनाको आजै पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आइसकेको छ। यसमध्ये ११ जना खेलाडी र २ जना पदाधिकारी रहेकाे एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। 

उनका अनुसार बाँकी ६ जनाकाे रिपाेर्ट आउन बाँकी छ। अन्य संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोलीमा ५० जना खेलाडीलाई डाकेका छन्। फिफा विश्वकप तथा एशियन कप छनोटमा बोलाइएका खेलाडीमा थप गर्दै अलमुताइरीले टोली घोषणा गरेका हुन्।

मुख्य प्रशिक्षक अलमुताइरीले नेपाल सुपर लिग (एनएसएल) मा गरेको प्रशिक्षणलाई आधार मान्दै खेलाडी थपेका हुन्।

प्रारम्भिक टोली
अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दिप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अविशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सञ्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङदाम्वे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .