न्युजिल्यान्ड क्रिकेट टिमका कप्तान केन विलियम्सन आईसीसी टेष्ट प्लेयर वरीयताको शीर्ष स्थानमा फर्किएका छन्।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा केन पुनः शीर्ष स्थानमा उक्लिएका हुन्।
नेदरल्याण्डले गत साता साउथहेप्टनमा सम्पन्न आईसीसी विश्व टेष्ट च्याम्पियनसिपमा इन्डियालाई ८ विकेटले हराउँदै उपाधि उचालेको थियो।
३० वर्षीय केनले ९०१ रेटिङ पाए। च्याम्पियनसिपमा ४९ र ५२ रनमा नटआउट रहेका थिए।
पराजित दोस्रो स्थानमा झरेका अष्ट्रेलियाका स्टीभ स्मिथ ८९१ रेटिङ पाएका छन्।
भारतीय टोलीका ब्याट्सम्यान रोहित शर्मा भने छैटौँ स्थानमा उक्लिएका छन्। अष्ट्रेलियाका डेभिड वार्नर आठौँ र साउथ अफ्रिकाका क्विनटन डि कक नवौँ स्थानमा उक्लिएका छन्।
न्युजिल्याण्डका हेनरी निकोलस दशौँ स्थानमा झरेका छन्।
3
Shares
प्रतिक्रिया