ad ad

खेल


भारतमा हुने भनिएको आईसीसी पुरुष टी२० क्रिकेट विश्वकप यूएई र ओमानमा आयोजना हुने

भारतमा हुने भनिएको आईसीसी पुरुष टी२० क्रिकेट विश्वकप यूएई र ओमानमा आयोजना हुने

नेपालखबर
असार १५, २०७८ मंगलबार ११:३५,

आईसीसी पुरुष टी–२० पुरुष विश्वकप संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा आयोजना हुने भएको छ।

आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म टी२० विश्वकप आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनाएको छ।

यसअघि उक्त प्रतियोगिता भारतमा हुने भनिएको थियो। कोरोनाको दोस्रो लहरले अत्यन्त प्रभावित भएका कारण भारतबाट यूएई र ओमानमा सारिएको हो।

यद्यपि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) प्रतियोगिताको आयोजककै रुपमा रहनेछ।

प्रतियोगिता चारवटा स्टेडियम दुवई इन्टरनेशनल स्टेडियम, द शेख जायेद स्टेडियम आबुधाबीमा र शारजहाँ स्टेडियम तथा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा आयोजना हुनेछ।

प्रतियोगिताको पहिलो चरणमा आठ क्वालिफाइङ टोलीलाई ओमान र यूएईमा बाँडिनेछ। तीमध्ये चार टिम सुपर १२ राउन्डमा जानेछन् र आठ स्वतः छानिने टोलीहरुसँग जोडिनेछन्।

आउँदो प्रतियोगिता सन् २०१६ यताको पहिलो भएको आईसीसीले जनाएको छ। सन् २०१६ मा भारतमा भएको खेलको फाइनलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई हराएको थियो।

प्लेअफअघि हुने प्रारम्भिक चरणमा भिड्ने आठ टोलीमा बंगलादेश, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड, स्कटल्यान्ड, नामिबिया, ओमान र पपुवा न्युगिनी रहेका छन्।

प्रतियोगिताको फाइनल खेल नोभेम्बर १४ मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .