ad ad

खेल


नयाँ सिजनका लागि पीसीबीले गर्‍याे २० महिला क्रिकेटरसँग सम्झौता

नयाँ सिजनका लागि पीसीबीले गर्‍याे २० महिला क्रिकेटरसँग सम्झौता

नेपालखबर
असार १५, २०७८ मंगलबार ९:४०,

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले नयाँ सिजनका लागि २० जना महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको छ।

पीसीबीले सन् २०२१–२२ का ८ जना उदीयमान खेलाडीलाई समेट्दै नयाँ सिजनका लागि कन्ट्रयाक्ट गरेको जनाएको हो।

सम्झौतामा हाल सुत्केरी विदामा रहेकी कप्तान बिस्माह मारुफ र जेभेरिन खानले मात्र ए क्याटेगोरीमा स्थान बनाएका छन्।

यसअघि बी क्याटेगोरीमा रहेकी सिद्रा नवाज सी क्याटेगोरीमा पुगेकी छन्।

राष्ट्रिय महिला छनोट कमिटीले वर्षभरि मैदानमा भएको प्रदर्शनका आधारमा खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टका लागि छनोट गरिएको पीसीबीले जनाएको छ।

खेलाडी छनोट समितिले सेन्ट्रल कन्ट्रयाक्टका लागि एक ठाउँ खाली राखेको जनाएको छ। जुन यो वर्षको प्रदर्शनलाई हेरेर एक खेलाडी थप गरिनेछ।

सेन्ट्रक कन्ट्रयाक्टमा ए क्याटेगोरीमा २ जना मात्र खेलाडीले स्थान बनाएका छन्। बी मा ३ जना र क्याटगोरी सी मा ७ जना खेलाडी छन्। उदीयमान खेलाडीमा ८ जना क्रिकेटरले स्थान बनाएका छन्

साथै पीसीबीले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीको मासिक तलबमा समेत १० प्रतिशत वृद्धी गर्ने निर्णय समेत गरेको छ।

सन् २०२१–२२ का लागि सेन्ट्रल कन्ट्याक्टमा परेका खेलाडीहरु

क्याटेगोरी ए : बिस्माह मारुफ र जेभेरिन खान
क्याटेगोरी बी : आलिया रियाज, डायना बेग, निदा डार
क्याटेगाेरी सी : अनाम अमिन, फातिमा साना, कैनाट इम्तियाज, नाहिदा खान, नास्रु सान्दु, ओमाइमा सोहेल, सिद्रा नवाज
इमर्जिङ कन्ट्याक्ट : आयशा नसिम, कायनात हफिज, मुनिमा अलि सिद्धीकी, नाजिमा अल्भी, रमिन समिम, सावा नाजिर, सादीया इक्वाल, सैयदा आरोब शाह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .