गण्डकी प्रदेशमा दुई मन्त्रीको कार्यविभाजन टुंगिएको छ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीको मन्त्रालय तोकेकी हुन्।
नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालले शिक्षा, प्रविधि, विज्ञान तथा सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेको मन्त्रालय भने तोकिएको छैन। स्वतन्त्र सभासद मनाङे र जनता समाजवादी पार्टीका आचार्यले आफूलाई दिइने भनिएको मन्त्रालय अस्वीकार गरेका छन् ।
आचार्यसँग मुख्यमन्त्री पोखरेलले अर्थ मन्त्रालय दिनेगरी सहमति गरेका थिए। मनाङेले आफूलाई भौतिक योजना मन्त्रालय दिनु पर्ने बताउँदै आएका छन्।
मुख्यमन्त्री पोखरेल मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारीमा थिए।
आचार्य र मनाङेको मन्त्रालय नतोकिएपछि उनीहरु विनाविभागीय नै छन्।
Shares

प्रतिक्रिया