ad ad

खेल


वेल्समाथि शानदार जित निकाल्दै डेनमार्क युरोकपको क्वार्टरफाइनलमा

वेल्समाथि शानदार जित निकाल्दै डेनमार्क युरोकपको क्वार्टरफाइनलमा

नेपालखबर
असार १२, २०७८ शनिबार १८:१०,

वेल्समाथि शानदार जित निकाल्दै डेनमार्क युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

युरोकपअन्तर्गत शनिबार राति भएको राउण्ड अफ १६ को पहिलो खेलमा वेल्सलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै डेनमार्कले अन्तिम ८ मा स्थान पक्का गरेको हो।

खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको डेनमार्कले दोस्रो हाफमा ३ गोल थप्यो।

पहिलो हाफको २७औँ मिनेटमा कास्पर डोलबर्गको गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४६ औँ मिनेटमा व्यक्तीगत तथा टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।

खेलको ८८ औँ मिनेटमा जोकिम माहेलले गोल गर्दै खेललाई ३–० को स्थितीमा ल्याए।

खेलको अन्तिम समयमा वेल्स १० खेलाडीमा समेटियो। ९० औँ मिनेटमा मिडफिल्डर ह्यारी विल्सनले रातो कार्ड खाँदै मैदान छाडेपछि वेल्स १० खेलाडीमा समेटिएको थियो। माहेलमाथि खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा मार्टीन व्रेथवेटले गोल गरेपछि डेनमार्क फराकिलो जित निकाल्न सफल भएको हो। सुरुवातमा रेफ्रीले अफसाइड दिएपनि भीएआर रिभ्युबाट त्यो गोलले मान्यता पाएको थियो।

डेनमार्कले अब क्वार्टरफाइनलमा चेक रिपब्लिक र नेदरल्यान्ड्सको विजेतासँग आगामी आइतबार खेल्नेछ।

आजै हुने दोस्रो खेलमा इटालीले अष्ट्रियासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .