खेल


प्रशिक्षणमा फर्किए मेस्सी, सिजनको पहिलो खेल्दै

प्रशिक्षणमा फर्किए मेस्सी, सिजनको पहिलो खेल्दै

एजेन्सी
भदौ ५, २०७६ बिहिबार ११:२६,

बुधबार दिउँसो देखि मेस्सीले टोलीमा पूर्ण अभ्यास गरेसँगै ला लिगामा आइतबार राति हुने रियल बेटिसविरुद्धको खेलका लागि उनी तयार देखिएका हुन्।

गतहप्ता पिडौंलामा लागेको चोटका कारण मेस्सीले यस सिजनको एथ्लेटिको बिल्बाओविरुद्धको पहिलो खेल गुमाएका थिए। मेस्सीको अनुपस्थितिमा इनस्र्टो भेलभार्डेको टोली बार्सिलोना १–० ले पराजित भएको थियो।

उक्त खेलमा मेस्सी नहुँदा ओसामाने डेम्बेले, लुइस सुआरेज र एन्टिनियो ग्रिजम्यानले बार्सिलोनाको अग्रपन्तिं सम्हालेका थिए। उक्त खेलपछि डेम्बेले र सुआरेजपनि चोटग्रस्त छन्। बुधबार बार्सिलोनाको प्रशिक्षणमा मेस्सी फर्किएसँगै टोलीले लय समात्ने आशा गरिएको छ।

कोपा अमेरिकामा निराशाजनक प्रदर्शनपछि मेस्सी आइतबार बार्सिलोनाबाट रियल बेटिसविरुद्ध पहिलो खेल खेल्न तयार भएका हुन्।

पूर्ण फिटनेशमा फर्कन मेस्सीले कडा मेहनत गर्नुका साथै निरन्तर मेडिकल स्टाफसँग रहेर उपचार गराएका थिए। अन्त्यमा उनलाई बुधबार दिउँसो मेडिकल स्टाफहरुले पूर्ण प्रशिक्षणका लागि फिट भएको बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .