ad ad

खेल


कोका–कोला बहिष्कार गर्ने रोनाल्डोले के पिउँछन्?

कोका–कोला बहिष्कार गर्ने रोनाल्डोले के पिउँछन्?

नेपालखबर
असार ६, २०७८ आइतबार १०:२४,

विश्व फुटबलका महान हस्तीमध्ये क्रिस्टियानो रोनाल्डो पनि एक हुन्। जो कुनै न कुनै कारण चर्चामा आइरहन्छन्।

रोनाल्डोको विश्वभरका करोडौँ समर्थक छन्। हरेक कुरामा उनलाई पछ्याइरहन्छन्। उनका हरेक गतिविधिलाई नियालिरहेका हुन्छन्।

युरोकप २०२० अन्तर्गत हंगेरीसँगको खेलअघिको पत्रकार सम्मेलनमा रोनाल्डोले कोका–कोलाको २ वटा बोतललाई एक छेउमा राख्दै पानीको बोतल उठाएका थिए।

यसले व्यावसायिक क्षेत्रमा एउटा तरंग नै पैदा गर्यो। रोनाल्डोले कोकको बोतल एक साइडमा राखेपछि यसले कोका–कोलाको मार्केट भ्यालुमा हलचल भयो।

उनले कोकको बोतल आफ्नो टेबलबाट हटाएपछि कोका–कोलाको सेयर १ दशमलव ६ प्रतिशतले कमी आयो। जसका कारण कोकलाई ४ अर्ब अमेरिकी डलर घाटा भएको थियो।

रोनाल्डो आफ्नो फिटनेसमा एकदमै ध्यान दिन्छन्। उनी आफ्नो जीवनशैलीमा जंक फुडलाई टाढा राख्छन्।

एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘मेरो छोराले कहिलेकाहीँ जंक फुड खान्छ तर उसलाई थाहा छ उसको बाबालाई यो मन पर्दैन, मेरा छोराछोरी पनि बाह्य पेय पदार्थ तथा चकलेट खान पनि मसँग सोध्छन्।’

सफ्ट ड्रिंक्सबाट टाढा रहने रोनाल्डो चिनीबाट टाढै रहन्छन्। उनी चिनीबाट बन्ने खानेकुरा खाँदैनन्।

उनी आफ्नो खानामा प्रोटिनयुक्त डाइट लिन मन पराउँछन्।

साथै मोटो अन्नबाट बन्ने खाना खान मन पराउँछन् जसको कारण हाइ प्रोटिन डाइटसँगै आवश्यक कार्बोहाइड्रेट पनि मिल्छ।

ronaldo ever fit2021b

के पिउँछन् त रोनाल्डो?
आफ्नो खानपानमा निकै ध्यान दिने रोनाल्डोले व्यक्तिगत डाइटिसियन राखेका छन्।

छोटो समयको अन्तरालमा छुट्याएर लगभग ६ डाइट लिने गरेका छन्।

उनको खानामा विशेष गरेर माछाका परिकारहरु समावेश हुने गर्छन्। जुन फरक–फरक प्रजातिका माछाहरु हुन्छन्।

कोकलगायत सफ्ट ड्रिंक्सबाट टाढा रहने रोनाल्डो आफ्नो दैनिक जीवनमा जुस पिउने गर्छन्।

कार्बोहाइड्रेट मिसिएको ड्रिंक्स आफ्नो ट्रेनिङको समयमा पिउने गर्छन्। जसमा इलेक्ट्रोलाइट र भिटामिन बी १२ को मिश्रण हुने गर्छ।

योबाहेक उनी कम फ्याट भएको दही र ताजा फलफूल खान्छन्।

त्यसो त रोनाल्डो चिकेनका पनि सौखिन हुन्। चिकेन आफ्नो लागि म्याजिक फुड भएको समेत उनले बताइसकेका छन्।

लन्चलाई जसरी डिनरलाई पनि रोनाल्डोले दुई भागमा छुट्याएका छन्। साँझमा उनी स्न्याक्स लिन्छन्।

यसमा ताजा फलफूल र एवोकाडोको टोस्ट खान्छन् भने राति ताजा माछाको परिकार खाने गर्छन्।

युरोपियन भएको नाताले रोनाल्डोको मुख्य खाना मांसाहारी भए पनि फलफूल पनि त्यतिकै मात्रामा खाने गर्छन्।

अनुशासित जीवनशैली बिताउने र मन पराउने रोनाल्डो कहिलेकाहीँ चकलेट खाँदै गरेको पनि देख्ने गरिन्छ तर यो एकदमै थोरै मात्रामा हुने गरेको बताइएको छ। एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .