ad ad

कारोबार


कामना सेवा विकास बैंकको १२५औं शाखा ललितपुरको नख्खु दोबाटोमा

कामना सेवा विकास बैंकको १२५औं शाखा ललितपुरको नख्खु दोबाटोमा

नेपालखबर
असार ६, २०७८ आइतबार १०:२०,

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ललितपुर महानगरपालिका–१३ स्थित नख्खु दोबाटोमा आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ।

हालको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदिप आचार्यले भिडिओ कन्फरेन्स (भर्चुअल) माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरे। कार्यक्रममा सम्पूर्ण सञ्चालकहरुको भर्चुअल उपस्थिति रहेको थियो।

यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए। बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ।

IMG_2350-min.jpg

यससँगै अब बैंकले १२५ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहक हरुलाई निरन्तर सेवा प्रदान गर्नेछ। बैंकले हालको विषम परिस्थितिमा समेत सोसल मेडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता डिजिटल माध्यमबाट ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .