ad ad

खेल


ट्रयाकमा सधैँ जितेका मिल्खा सिंह पोस्ट कोभिड सिन्ड्रोमसँग हारे

ट्रयाकमा सधैँ जितेका मिल्खा सिंह पोस्ट कोभिड सिन्ड्रोमसँग हारे

नेपालखबर
असार ५, २०७८ शनिबार १०:४२,

९१ वर्षका मिल्खा सिंहले शनिबार चंढीगढमा अन्तिम श्वास फेरे। उनी कोरोना संक्रमणबाट त निको भएका थिए तर त्यसपछिको पोस्ट कोभिड असरलाई भारतका यी महान एथ्लेट्स्को बुढो शरिरले थेग्न सकेन।

सन् १९२९ मा भारतबाट पाकिस्तान छुट्टिनुअघि पन्जाबको गोविन्दपुरामा मिल्खा सिंहको जन्म भएको थियो। जुन अहिले पाकिस्तानको मुजफ्रगढभन्दा १० किलोमिटरमात्रै वर पर्छ। उनी भारत विभाजनको दंगामा बालबाल बचेका पात्र हुन। उनका परिवारका कयौं सदस्यको उनै आँखा अगाडि हत्या भएको थियो।

मिल्खा टिकटबिनै ट्रेनमा यात्रा गर्ने क्रममा पक्राउ परेपछि उनलाई जेलको सजायँ भयो। एक गिलास दुध पिउन उनलाई सेनाको दौडमा हिस्सा लिनुपर्थ्यो। त्यही दौडले पछि उनलाई भारतको महान एथ्लेटस् बनायो।

milkha singh1

उनी ‘फ्लाइङ सिंह’का नामले प्रशिद्ध छन। चार पटक एसियन गेममा स्वर्णपदक जितेका मिल्खाले १९६० को रोम ओलम्पिकको ४०० मिटर दौडमा विश्व कीर्तिमान कायम गरेका थिए।

सन् १९५९ को कमनवेल्थ गेम्स्मा भारतलाई पहिलो स्वर्णपदक दिलाएपछि सिंहको चर्चा चुलिएको थियो। ४४० मिटरको दौडमा तत्कालिन विश्व रेकर्ड होल्डर मेल्कम स्पेंसलाई पछि पार्दै उनले स्वर्ण जितेका थिए।

तीब्र गतीमा कुदेका मिल्खा अन्तिम डोरीलाई छोएपछि बेहोस भएका थिए। तुरुन्तै उनलाई स्ट्रेचरमा राखेर ट्रयाक बाहिर ल्याउँदै अक्सिजन दिइएको थियो। केहीबेरमा होस खुलेपछि उनका साथीहरुले उनलाई काँधमा बोक्दै पूरै स्टेडियमको चक्कर लगाएका थिए।

कमनवेल्थ गेम्समा भारतका खेलाडीले पहिलो पटक स्वर्ण जितेको क्षण थियो त्यो। त्यसपछि इंग्ल्याण्डकी महारानीले सिंहको घाँटीमा स्वर्णपदक झुण्डाइदिएकी थिइन्। भारतीय झन्डामाथि उठेसँगै मिल्खाका आँखामा छचल्किएका आँशुले धेरैलाई भावुक बनाएको थियो।

‘फ्लाइङ सिख’ को कहानी

१९६० मा मिल्खा सिंहलाई पाकिस्तानबाट भारत–पाकिस्तान एथ्लेटिक्स प्रतियोगितामा सहभागिताका लागि निमन्त्रणा आएको थियो। भर्खरै टोकियो ओलम्पिकमा पाकिस्तानका सर्वश्रेष्ठ धावक अब्दुल खालिकलाई २०० मिटरमा हराएपछि पाकिस्तानले उनलाई बोलाएको थियो।

milkha sing2

पाकिस्तानीहरु खालिक र सिंहबीचको प्रतिस्पर्धा पाकिस्तानी भुमीमा होस भन्ने चाहान्थे। विभाजनका बेला आफ्ना परिवारमाथि भएको हिंसा उनको मस्तिष्कमा अझै थियो। उनको आँखाकै अगाडि उनका बुबाको हत्या भएको थियो। सोहीकारण उनले पाकिस्तान जान अस्वीकार गरे। 

तर तत्कालिन प्रधानमन्त्री जवहारलाल नेहरुको अनुरोध पछि मिल्खा पाकिस्तान गए। लाहोरको स्टेडियममा जसै स्टार्टरले पेस्तोल चलाए मिल्खाले दौड सुरु गरे। सुरुमा खालिक अगाडि थिए तर १०० मिटर हुनै लाग्दा मिल्खाले पछाडि पारे।

त्यसपछि मिल्खालाई खालिकले भेटाउनै सकेनन। जब अन्तिम टेपलाई मिल्खाले छोए त्यसबेला उनी खालिकभन्दा १० मिटर अगाडि थिए। उनले २०.७ सेकेन्डमै उक्त २०० मिटरको दूरी पार गरेका थिए। यो त्यसबेलाको विश्व रेकर्डको बराबरी थियो।

दौडपछि मिल्खालाई तत्कालिन पाकिस्तानी राष्ट्रपति आयुब खानले पदक लगाइदिएका थिए। पदक लगाउँदै खानले भने, ‘मिल्खा आज तिमी दौडेको होइनौं, उडेका हौ। म तिमीलाई फ्लाइङ सिखको उपमा दिन्छु।’

स्वतन्त्र भारतको पहिलो स्पोर्टिङ सुपरस्टार: मोदी

सिंहकी पत्नी तथा पूर्वराष्ट्रिय भारतीय भलिबल टोलीकी कप्तान निर्मल कौरको पनि एक हप्ता अघि ८५ वर्षको उमेरमा कोरोनाकै कारण निधन भएको थियो।

milkha sing3

सिंहलाई अघिल्लो महिना कोरोना संक्रमण भएको थियो। उनले शनिबार बिहान कोरोनाका कारण शरिरमा देखिएका समस्याका कारण ज्यान गुमाए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मिल्खा सिंहको निधनमा दु:ख व्यक्त गर्दै सिंहलाई स्वतन्त्र भारतको पहिलो स्पोर्टिङ सुपरस्टारका रुपमा चित्रित गरेका छन्।

मिल्खाको जीवनमा आधारित फिल्म ‘भाग मिल्खा भाग’मा जीवन्त अभिनय गरेका अभिनेता फरहान अख्तरले एक भावुक पोस्ट गर्दै श्रद्धान्जली दिएका छन्।

‘एकदमै प्रिय मिल्खा जी, तपाई नरहनुभएको कुरामा अहिले पनि विश्वास लागिरहेको छैन। साँचो कुरा यो हो कि तपाई सदा जीवित रहनुहुनेछ। कडा मिहिनेतबाट कोही मानिस कसरी आकाश छुन सक्छ त्यसको तपाई एक उदाहरण हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .