कोपा अमेरिका फुटबलअन्तर्गत शनिबार बिहान भएको खेलमा चिलीले बोलिभियालाई १–० गोलअन्तरले हराएको छ।
समूह एमा चिलीको यो पहिलो जित हो। चिलीका लागि खेलको १०औं मिनेटमा बेन ब्रेरिटनले निर्णायक गोल गरेका थिए।
बराबरीसँगै २ खेलमा ४ अंक जोडेको चिली, समूहको दोस्रो स्थानमा छ। दुवै खेलमा पराजित बोलिभिया भने पुछारमा छ।
प्रतियोगिताको पहिलो खेलमा यसअघि चिलीले अर्जेन्टिनासँग १–१ को बराबरी खेलेको थियो।
अब चिलीले अर्को खेलमा सोमबार युरुग्वेसँग खेल्नेछ। यस्तै बोलिभियाले बिहीबार युरुग्वेसँगै प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया