खेल


यूरो कप: १३ वर्षपछि नेदरल्याण्ड्स नकआउट चरणमा

यूरो कप: १३ वर्षपछि नेदरल्याण्ड्स नकआउट चरणमा

नेपालखबर
असार ३, २०७८ बिहिबार २३:३४,

अष्ट्रियामाथि २-० को जित निकाल्दै नेदरल्याण्ड्सले जारी यूरोकपको नकआउट चरणमा स्थान बनाएको छ।

बिहीबार राति भएको समूह सीको खेलमा नेदरल्याण्ड्सको जितमा माम्फिज डिपे र डन्जेल डुम्फारिजले गवल गरे।

पछिल्ला दुई ठूलो प्रतियोगिताहरु विश्वकप र यूरोकपमा छनोट हुन असफल रहेको नेदरल्याण्डस २००८ पछि पहिलो पटक यूरोकपको अन्तिम १६ मा पुगेको हो। 

अष्ट्रियाले भने उत्तरी म्याकाडोनियालाई पराजित गर्दै यूरोकप सुरु गरेको थियो। अब उसको अगाडिको यात्रा यूक्रेनसँगको खेलले तय गर्नेछ।

समूह सीमा लगातार दोस्रो जितसँगै नेदरल्याण्ड्स ६ अंकका साथ शीर्ष स्थानमा छ। यूक्रेन र अष्ट्रियाको समान ३-३ अंक छन भने उत्तरी म्याकाडोनियाले खाता खोल्न सकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .