खेल


युरोकपमा पउलसेनले बनाए कीर्तिमान

युरोकपमा पउलसेनले बनाए कीर्तिमान

नेपालखबर
असार ३, २०७८ बिहिबार १८:२९,

बलियो टोली बेल्जियमसँगको खेल २–१ ले गुमाए पनि डेनमार्कका युस्सुफ पउलसेनले युरोकपमा सर्वाधिक छिटो गोल गर्ने दोस्रो खेलाडीको किर्तिमान बनाएका छन्।

पउलसेनले खेल सुरु भएको ९९ सेकेन्डमा नै गोल गर्दै सर्वाधिक छिटो गोल गर्ने दोस्रो खेलाडी बनेका हुन्।

पउलसेनले पोल्याण्डका रोबर्टो लेवान्डोस्कीको कीर्तिमान तोडेका हुन्। यसअघि सर्वाधिक छिटो गोल गर्ने खेलाडीको दोस्रो स्थानमा पोल्याण्डका रोवर्टो लेवान्डोस्की थिए। लेवान्डोस्कीले सन् २०१६ मा भएको युरोकपमा पोर्चुगल विरुद्ध १ मिनेट ४० सेकेन्डमा गोल गर्दै सर्वाधिक छिटो गोल गर्ने दोस्रो खेलाडीको किर्तिमान आफ्नो नाममा गरेका थिए।

युरोकपमा सर्वाधिक छिटो गोल गर्ने खेलाडीमा शीर्ष स्थानमा रसियाका दिमित्री किशिचेन्कोको छन्। उनले सन् २००४ मा ग्रिकसँगको खेलमा ६५ सेकेन्डमा नै गोल गर्दै सो किर्तिमान आफ्नो नाममा गरेका थिए।

त्यो किर्तिमान हालसम्म कुनै खेलाडीले तोड्न सकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .