राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
टोलीका खेलाडी र अफिसियलले आज कोरोनाविरुद्धको खोप लगाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। खेलाडी र अफिसियल गरी ३४ जनाले कोभिड भ्याक्सिन लगाएको राष्ट्रिय टोलीका म्यानेजर मधुसुदन उपाध्यायले बताए।
उपाध्यायले भने, ‘इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप छनोटमा गएका टोलीमध्ये खेलाडी रोहित चन्द र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबाहेक सबैले खोप लगाएका हौँ।’
नेपाली राष्ट्रिय टोलीले विश्वकप छनोटमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो भने जोर्डन र अष्ट्रेलियासँग समान ३–० ले हार व्यहोरेको थियो। त्योअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो।
समूह ‘बी’को चौथो स्थानमा रहेर छनोट चरण सकेको नेपालले सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको तेस्रो चरणको खेल खेल्नेछ।
प्रतिक्रिया